होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
७८ पटक हेरिएको
Shares
होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

सारांश

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ।
  • विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।
  • चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ।

२९ असोज, काठमाडौँ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ।

विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।

चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ।

सूचनाअनुसार, मापदण्डको पालना नगरी खाना, खाजा एवं नास्ता उपलब्ध गराएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेछ।

यसका साथै, विभागले सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्वच्छता लोगो लिएर मात्र व्यवसाय सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।

यी हुन् खाद्य व्यवसायीले स्वच्छता कायम राख्न अनिवार्य अवलम्बन गर्नुपर्ने कार्यहरू:

  • स्वच्छ र गुणस्तरीय खानेकुरा मात्र उपलब्ध गराउने।
  • उपभोग्य अवधि (म्याद) बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्ने।
  • खाद्य पदार्थको बिक्री सोकेस वा कक्षमा तापक्रम (चिसो वा तातो) को व्यवस्था मिलाउने।
  • भान्सा तथा खाना वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा राख्ने।
  • कामदार कर्मचारीको सरसफाइ कायम राख्ने।
  • सफा भाँडाकुँडामा पकाउने र खान दिने।
  • स्वच्छ र गुणस्तरीय पानी मात्र प्रयोग गर्ने।
  • स्वच्छ र गुणस्तरीय कच्चा पदार्थ मात्र प्रयोग गर्ने।
  • खानेकुरा राम्ररी पकाएर मात्र खान दिने।
  • पकाएको र नपकाएको खानालाई छुट्टाछुट्टै राख्ने।
  • उचित मूल्य लिएर मात्र खानेकुरा बिक्री गर्ने।
  • खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने।
  • बासी, झिँगा भन्केका, सडेगलेका, धुँवा/धुलो/फोहोर पानी मिसिएका वा त्यस्तो अवस्थामा तयार भएका खानेकुरा बिक्री नगर्ने।

विभागले यात्रुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यी नियमहरू लागू गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...