अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
सारांश
- दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा अवैधरुपमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरीले ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोश दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।
- जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत १२ गते दिउँसो अमेरिकाबाट आएका उनीहरु विभिन्न देश हुँदै नेपाल प्रवेश गरेका थिए ।
- प्रहरीले अवैध शरणार्थीहरूको आवागमन र बसोबासको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विराटनगर — अवैध रुपमा नेपाल प्रवेश गरेको आरोपमा प्रहरीले तीन जना भुटानी-अमेरिकी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा अवैधरुपमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरीले ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोश दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत १२ गते दिउँसो अमेरिकाबाट आएका उनीहरु विभिन्न देश हुँदै नेपाल प्रवेश गरेका थिए । प्रहरीले अवैध शरणार्थीहरूको आवागमन र बसोबासको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया