सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
५२ पटक हेरिएको
Shares
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा

सारांश

  • सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
  • सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।
  • धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो ।

१८ वैशाख, काठमाडौं ।

सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।

सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन बेस धनकुटाले ४२१ किलो गाँजा सहित कार नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
सामान्य बन्दै चितवनको जनजीवन: कर्फ्यू हटाइयो, सबै युनिटबाट सेवा दिँदै प्रहरी
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
देशको राजधानी काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य