बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
४७ पटक हेरिएको
Shares
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु

सारांश

  • बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरू भएको छ ।
  • खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि खानेपानीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
  • उनका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो ।

१ फागुन, काठमाडौँ । बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरू भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि खानेपानीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि ठाडो रुपमा खन्‍ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । उनले भने, ‘विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्न ठाडै रुपमा खन्दा बबरमहलमा रहेको खानेपानीको पाइप फुट्‍यो। जसले बबरमहल जलमग्न भयो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको कार्य सुरु गरेका छौँ।’ उनले मर्मत कार्य सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्ने बताए । विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
मधेसका मुख्यमन्त्रीविरुद्ध ७ दलको विरोध नवौँ दिन पनि जारी
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृ*त्यु
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु