डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार

सारांश

  • सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.
  • प्र.
  • ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

२५ चैत, डोटी :

डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जनजागरण समुदाय वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा जम्मा गर्न लैजाँदै गर्दा मिनीट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टेको थियो।  काठले च्याप्पिएर गुरुङको मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी सोही सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन् । उनको बाँया हात र बाँया खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा प्राथमिक उपचार भइरहेको बताइएको छ । सोही गाउँपालिका– २ बर्छैनका ट्रक चालक गोपाल बडेला भने घटनास्थलबाट फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदै
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
वित्तीय समानीकरण अनुदान कटौती विरोधमा अर्थ मन्त्रालयमा प्रदर्शन
धनगढीमा महेश बस्नेतको विरोधमा प्रदर्शन
धनगढीमा महेश बस्नेतको विरोधमा प्रदर्शन
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो
सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो ३ बजेसम्मका लागि बन्द