सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु, अर्का एक घाइते, चालक फरार

सारांश

  • सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.
  • प्र.
  • ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

२५ चैत, डोटी :

डोटीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे बडीकेदार गाउँपालिका– ३ देउथान स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा सोही गाउँपालिका– ३ देवलका २७ वर्षीय सन्तोष गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जनजागरण समुदाय वनको सडापडा (सडीगलेका) काठ संकलन गरी नजिकै सेलानेको खोलामा जम्मा गर्न लैजाँदै गर्दा मिनीट्रक अनियन्त्रित भइ सडक किनारमा पल्टेको थियो।  काठले च्याप्पिएर गुरुङको मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी सोही सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन् । उनको बाँया हात र बाँया खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकी मुलिचौरमा प्राथमिक उपचार भइरहेको बताइएको छ । सोही गाउँपालिका– २ बर्छैनका ट्रक चालक गोपाल बडेला भने घटनास्थलबाट फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक (सूचीसहित)
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध
गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध
गाजा विस्फोटमा सात इजरायली सैनिकको मृ*त्यु
गाजा विस्फोटमा सात इजरायली सैनिकको मृ*त्यु
बुल्दीखोलामा पुल निर्माण
बुल्दीखोलामा पुल निर्माण
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर