नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

सारांश

  • नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ।
  • यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।
  • एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए।

२२ मंसिर, बाजुरा ।

नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ । एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए।

पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यीय मुल समिति गठन समेत गरिएको छ ।बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ । जनपरिचालन उप समितिमा नेपाली कम्युनिष्ट पार्टीका नेता कर्ण बहादुर वि.क. संयोजक रहने गरी साविकका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष सदस्य रहेका छन् ।

मञ्च व्यवस्थापन उप समितिमा मनलाल खत्री संयोजक रहेको पाँच सदस्यीय उप समिति बनाइएको छ । भने प्रचार प्रसार उप समितिमा अनिल शाही संयोजक रहने गरी सात सदस्यीय उप समिति गठन गरिएको छ । यस्तै बैठकले साँस्कृतिक परिचालन उप समितिमा दीपक बसढा संयोजक र जयवीर कटेल सह संयोजक रहेका छन् । स्वयम सेवक परिचालन उप समितिमा पुर रावत संयोजक रहने गरी पाँच सदस्यीय उप समिति गठन भएको छ । अतिथी सत्कार उपसमितिमा कमल कुमारी शाह संयोजक रहेको पाँच सदस्यीय उप समिति बनाइएको छ ।भने  खाद्य व्यवस्थापन उप समितिमा चन्द्र थापा संयोजक रहने गरी पाँच सदस्यीय र यातायात व्यवस्थापन उप समितिमा किशोर खड्का संयोजक रहने गरी उप समिति पनि गठन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु
अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु
आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह
आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह