विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

सारांश

  • विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।
  • उनीहरूले आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।
  • मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

 

२७ जेठ, विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

उनीहरूले आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू गत शुक्रवारदेखि आन्दोलित थिए । पक्राउ परेको समूहका सदस्यले निजी विद्यालयहरूले कानूनविपरीत आफूखुसी शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरूले यसअघि विराटनगरको रोडशेष चौकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका दीपक यादवसहितको टोलीलाई बिनाशर्त रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूको चेतावनी रहेको छ । पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विवेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?