पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पत्रकार महासंघको चुनाव : कसले कहाँ जिते ?

सारांश

  • पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको नतिजा सार्वजनिक भइरहेको छ ।
  • शुक्रबार मतदान सकिए लगत्तै कतिपय मतगणना सुरु भएको थियो ।
  • केन्द्रीय निर्वाचन समितिले नतिजा आइरहेको तर एकीकृत गर्न बाँकी रहेको जनाएको छ ।

२९ मंसिर, काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको नतिजा सार्वजनिक भइरहेको छ । शुक्रबार मतदान सकिए लगत्तै कतिपय मतगणना सुरु भएको थियो ।

केन्द्रीय निर्वाचन समितिले नतिजा आइरहेको तर एकीकृत गर्न बाँकी रहेको जनाएको छ । नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल परिणाम आउनेक्रम जारी रहेको बताउँछन् । चुनावमा प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेका थिए । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार १५ जिल्ला अध्यक्षमा सेन्टर समर्थित उम्मेदवार विजयी भएका छन् । तीन वटा प्रदेशमा सेन्टर समर्थित उम्मेदवार विजयी भएका छन् । सेन्टर समर्थित उम्मेदवारले बागमती प्रदेश, एशोसिएट प्रदेश र उपत्यका प्रदेशको नेतृत्वमा जित हात पारेको हो ।

पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको अध्यक्षमा रोयल आचार्य विजयी भए । बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर र उपत्यका प्रदेश अध्यक्ष टेनिस रोकाले विजय प्राप्त गरे । काठमाडौं उपत्यकाबाट केन्द्रीय सदस्यमा सूर्य सुवेदी र अर्जुन पन्त निर्वाचित भएका छन् ।प्रतिष्ठान प्रदेशबाट पत्रकार महासंघको केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भए । ओली प्रेस सेन्टरका हुन भने शर्मा प्रेस चौतारी नेपाली हुन् । शर्मालाई प्रेस युनियन र चौतारीको समर्थन थियो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित भएका हुन् । रमेश प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने गोविन्द प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन् । सुदूरपश्चिम प्रदेश पत्रकार महासंघको अध्यक्षमा भरतबहादुर शाह निर्वाचित भएका छन् । शाह प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृ*त भेटिए
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा भट्टराई नियुक्त
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा