सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
५० पटक हेरिएको
Shares
कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी

सारांश

  •   नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउन माग गर्नुभएको छ ।
  • प्रतिनिधिसभाको विशेष समयमा सांसद केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
  • अहिले कृषि क्षेत्रमा विनियोजन भएको तीन दशमलव ३६ प्रतिशत बजेटलाई कम्तीमा पाँच प्रतिशत पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।

 

५ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउन माग गर्नुभएको छ ।प्रतिनिधिसभाको विशेष समयमा सांसद केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । अहिले कृषि क्षेत्रमा विनियोजन भएको तीन दशमलव ३६ प्रतिशत बजेटलाई कम्तीमा पाँच प्रतिशत पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।

 

उहाँले किसानलाई आवश्यक मल समयमा उपलब्ध गराउन खरिदको प्रक्रिया समयमा नै थाल्न समेत सरकारको ध्यानार्कषण गराउनुभयो । वितरणमा अवैज्ञानिक प्रणालीले वास्तविक किसानसम्म मल नपुग्ने समस्या छ”, सांसद केसीले भन्नुभयो, “युएसएडमार्फत आएको रु ८७ अर्बमध्ये अधिकांश बजेट कृषि क्षेत्रमा पर्छ, त्यसतर्फ गम्भीर हुनुपर्छ ।” कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले विगत पाँच वर्षमा वितरण गरेको अनुदानबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै सांसद केसीले त्यसबारे सदनलाई जानकारी दिन माग गर्नुभयो । “

विगत पाँच वर्षमा रु सात अर्ब ६६ करोड अनुदान वितरण भयो”, उहाँले भन्नुभयो, “यस्तो विरतण कति वास्तविक किसानले पाए, कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक स्वार्थमा भयो, त्यसमा छानबिन गर्छु भन्ने मन्त्रीबाट प्रतिबद्धता आएको थियो । त्यसको सम्बन्धमा के हँुदैछ जानकारी चाहिन्छ ?” उहाँले किसानलाई समयमा मल उपलब्ध गराउन समयमै खरिद प्रक्रियाको तयारीबारे समेत ध्यानार्कषण गरानुभयो । उहाँले झण्डै आठ लाख मेट्रिक टनको मल आवश्यक भए पनि चार लाख मेट्रिक टन मात्र मल उपलब्ध हुने भन्दै किसान मर्कामा परेकोतर्फ समेत ध्यानार्कषण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप
पाल्पामा ७ सय ११ हेक्टर जंगल डढेलोले सखाप
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा