संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् ।
  •   सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।
  • उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए ।

 

१३ जेठ, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए ।

उनले भने, ‘लामो समय मैले पत्रकारितामा बिताए । पत्रकार महासंघको महासचिव हुँदै संसद्को चुनाव लडेर सांसद हुन आएको मान्छे हुँ । सम्पादकीय र पाठक प्रतिक्रियामा कहिलेकाहीँ धेरै विद्वानहरूले भन्न नसकेको कुरा लेखिएको हुन्छ । त्यस्तो कुरा पाठकले मात्र देख्छ । त्यस कारण म तपाईँहरूको पाठक हुँ, विद्यार्थी हुँ । संयोगले मात्र शिक्षामन्त्री हुन आइपुगेको छु । सबैले बाटो देखाइदिनुहोला । मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि मार्गदर्शन र सल्लाहको खाँचो छ ।’ उनले जबसम्म बहुल वादलाई सैद्धान्तिक रूपले मान्दैनौ तबसम्म शिक्षा र राजनीतिमा विविधता ल्याउन नसक्ने पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?