चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

सारांश

  • नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ ।
  • पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
  • काउन्सिल रजिष्ट्रार डा.

 

१० माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् । मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित रहेका थिए ।

७५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्र उत्तीर्ण भए । यस समूहमा ७ जनाको नतिजा रोकिएको छ । बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए । यति कम उत्तीर्ण दरले मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तरमा प्रश्न उठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ