Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सेनाले ४३ जिल्लामा पुर्‍यायो निर्वाचन सामग्री

सारांश

  • देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ ।
  • निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ ।
  • नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए ।

१० फागुन,काठमाडौं ।

देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्‍याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए । ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले भने ।

उनका अनुसार १२ जिल्लाहरुमा अहिले निर्वाचन सामग्रीहरू लाने क्रम भइरहेको छ । त्यसपछि बाँकी रहेका २२ जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुग्नेछन् । तीन हिमाली जिल्लामा भने सेनाले हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गरेको छ । जसमा अहिलेसम्म हुम्ला, मुगु र डोल्पामा हवाई साधनमार्फत निर्वाचन सामग्री लगिएको सैनिक प्रवक्ता बस्नेतले बताए । डोल्पामा आज आइतबार मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत  निर्वाचन सामग्री लगिएको छ । नेपाली सेनाको स्काई ट्रकबाट मतपत्र, मतपेटिका, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्रीहरु डोल्पा पुगेका हुन् । अब मनाङ र मुस्ताङमा पनि हवाई साधानमार्फत निर्वाचन सामग्री लैजाने सेनाको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
आज मन्त्रिपरिषद् बैठक बस्दै,
आज मन्त्रिपरिषद् बैठक बस्दै,
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
निर्वाचन आचारसंहिता उल्लंघन गरे आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाउने
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर