Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु

सारांश

  • कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ ।
  • अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।
  • बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।

 

१० चैत, काठमाडौं ।

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।

वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् । दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो । विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ । कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले भनेका छन्, ‘हरक्युलस सी–१३० ट्रान्सपोर्ट विमान प्युर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा दुःखद दुर्घटनामा परेको छ । जसमा हाम्रो सुरक्षा बलका टुकडीहरू सवार थिए ।’ उनले पेरूको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । साञ्चेजलाई उद्धृत गर्दै बीबीसीले विमानमा आगो लागेका काराण विमानमा राखिएका गोला–बारूद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट
काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृ*त्यु
वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृ*त्यु
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
मनसुनपूर्व तयारीबारे जानकारी लिन मन्त्री श्रेष्ठ मौसम विभागमा
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)