कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु

सारांश

  • कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ ।
  • अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।
  • बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।

१० चैत, काठमाडौं ।

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।

वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् । दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो । विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ । कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले भनेका छन्, ‘हरक्युलस सी–१३० ट्रान्सपोर्ट विमान प्युर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा दुःखद दुर्घटनामा परेको छ । जसमा हाम्रो सुरक्षा बलका टुकडीहरू सवार थिए ।’ उनले पेरूको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । साञ्चेजलाई उद्धृत गर्दै बीबीसीले विमानमा आगो लागेका काराण विमानमा राखिएका गोला–बारूद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानमा हवाई आक्रमण, एउटै परिवारका १४ को मृत्यु
सुडानमा हवाई आक्रमण, एउटै परिवारका १४ को मृत्यु
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
सर्लाहीका अग्नि पिडीतलाई सशस्त्र प्रहरीको राहत
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह