सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४० पटक हेरिएको
Shares
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश

सारांश

  • चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
  • अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।

 

२९ चैत, काठमाडौं ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश भएको बताए ।

प्रसाईंसँगै पक्राउ परेका दिपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ गरेलगतै दुवैलाई शुक्रबार नै काठमाडौं ल्याई अदालत उपस्थित गराइएको थियो । तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो । उक्त घटनापछि प्रसाईँ फरार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
मखनटोल आगलागीमा मृ*त्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृ*त्यु भएकी वृद्धाको सनाखत
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
बुटवलमा नारायणगढ सडक अवरुद्ध
बुटवलमा नारायणगढ सडक अवरुद्ध