बागमती प्रदेश सभाको बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बागमती प्रदेश सभाको बैठक आज बस्दै

सारांश

  • बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ ।
  • बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज दिनको २ बजे बस्ने सचिवालय सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
  • बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेको २ विधेयकको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ ।

१५ भदौ, काठमाडौं ।

बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ । बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज दिनको २ बजे बस्ने सचिवालय सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेको २ विधेयकको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?