मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
१०० पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सारांश

  • पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
  • दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए ।
  • बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताए ।

 

२३ असोज, पाल्पा ।पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताए ।

मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामपुर–१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन् । निजको सोही कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?