१३ वर्षपछि हुन लागेको कबड्डी विश्वकप खेल्न भारत जाँदै नेपाली टिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •   महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि भारतको हरियाणा जाने भएको छ ।
  • प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ ।
  • सहभागी खेलाडीमा कप्तान मानमती विष्टसहित उपकप्तान जयन्ती बडु,  मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारू, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी रहेका छन् ।

२ साउन, काठमाडौं । 

महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि भारतको हरियाणा जाने भएको छ । प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ । सहभागी खेलाडीमा कप्तान मानमती विष्टसहित उपकप्तान जयन्ती बडु,  मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारू, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी रहेका छन् ।

त्यस्तै, प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ । एसियाका ४७ राष्ट्रमध्येबाट विश्व वरियतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्याण्ड, केन्या, अर्जेन्टिना र थाइल्याण्ड सहभागी हुनेछन् ।

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे । सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी
संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन