दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
- मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्।
- परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए।
२ मंसिर, काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए।

उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ। ‘उहाहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ। सोधपुछ भइरहेको छ,’ उनले भने, ‘कोही के भन्नुहुन्छ। कसैले के भन्नुहुन्छ हामी बुझ्दैछौँ।’ प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो।


प्रतिक्रिया