राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

सारांश

  • राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ ।
  • सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
  • गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

१९ पुस, काठमाडौं ।

राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा पेस गर्नुभयो भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको श*व
जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको श*व
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर, साउन ५ देखि घरदैलो हस्ताक्षर अभियान
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति
नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति
नेप्सेमा ७८ अंकको गिरावट
नेप्सेमा ७८ अंकको गिरावट