विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
१८ पटक हेरिएको
Shares
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल जारी

सारांश

  • आजको बैठकमा सांसद महेश बस्नेतले देशको वस्तुगत यर्थाथलाई बजेटको सिद्धान्त र प्राथमिकता समेटेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि बजेट केन्द्रित गर्नुपर्नेमा सुझाव दिनुभयो ।
  • सांसद ज्ञानु बस्नेत सुवेदीले विकासको मूल आधार कृषि भएकाले जमिनको व्यवस्थापन, बजार तथा भण्डारको व्यवस्थापनका साथै भौतिक पूर्वाधार विकासमा समेत बजेटको सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएको बताउनुभयो ।
  • सांसद सूर्यप्रसाद ढकालले शिक्षा, स्वास्थ, पूर्वाधार, अर्थतन्त्रको ढाँचाको सुधार गर्न खोजेको र प्राथमिकता तथा प्रतिफल हुने क्षेत्रमा मात्र बजेटले योजना अघि सारेको बताउनुभयो ।

३१ वैशाख ,काठमाडौँ,   :

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल भोलि पुनः हुने भएको छ । आजको बैठकमा सांसद महेश बस्नेतले देशको वस्तुगत यर्थाथलाई बजेटको सिद्धान्त र प्राथमिकता समेटेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि बजेट केन्द्रित गर्नुपर्नेमा सुझाव दिनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले विकासको मूल आधार कृषि भएकाले जमिनको व्यवस्थापन, बजार तथा भण्डारको व्यवस्थापनका साथै भौतिक पूर्वाधार विकासमा समेत बजेटको सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएको बताउनुभयो । सांसद सूर्यप्रसाद ढकालले शिक्षा, स्वास्थ, पूर्वाधार, अर्थतन्त्रको ढाँचाको सुधार गर्न खोजेको र प्राथमिकता तथा प्रतिफल हुने क्षेत्रमा मात्र बजेटले योजना अघि सारेको बताउनुभयो । सांसद सराज अहमद फारूकीले दुर्गम तथा पछाडि परेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने र विपद् व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सरस्वती सुब्बाले ७५३ वटै स्थानीय तहमा कृषि भूमिको संरक्षण गर्न कित्ताकाट बन्द गर्नुपर्ने र जलवायु परिर्वतन न्यूनीकरण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद नारायणप्रसाद आचार्यले मुलुकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू ल्याउनुपर्ने र नारामा मात्र नभएर व्यवहारमा कार्यान्वयन हुने खालका बजेट आउनुपर्ने बतानुभयो । छलफलका लागि प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
शिक्षकहरुको भावनाप्रती नेपाल सरकारको परेड
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
काठमाडौंका यी स्थानमा आज विद्युत आपूर्ति नहुने
काठमाडौंका यी स्थानमा आज विद्युत आपूर्ति नहुने
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन