तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     

सारांश

  • शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् ।
  • उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् ।
  • नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् ।

१६ मंसिर, भारत

गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् । नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् । चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन्।

कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो । तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसला सुनाएपछि उनी प्रेरणाका स्रोत बन्न पुगेका हुन् । उनले अब चिकित्सा डिग्री हासिल गर्ने र समुदायको सेवा गर्ने अवसर पाउनेछन् ।

होचो कदका कारण विभेदको सामना गर्नु परेपनि कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होचो डाक्टर बन्न सफल भएका छन् । शरीरको उचाइका कारण कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै  मेडिकल काउन्सिलबाट पीडित बनेका उनलाई अदालतले न्याय दिएको हो । सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबीबीएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दिएको थियो । उनका आमाबाबु किसान हुन्, र उनी नौ दाजुभाइ, सात दिदीबहिनी र एक कान्छो भाइमध्ये एक हुन्। उनको परिवार कच्चा घरमा बस्छ । अब उनको पहिलो लक्ष्य उनीहरूको लागि उचित घर बनाउनु हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट
स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १० लाख रकमसहित एक भारतीय पक्राउ
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन, कुन–कुन विषय समेटिए ?
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
चन्द्रनिगाहपुरमा १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइयो
नेपाल प्रहरीका ४५ जना एसपीको एकैपटकमा सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ४५ जना एसपीको एकैपटकमा सरुवा (सूचीसहित)
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप