दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
दरबारमार्ग घटना : तरुण दलका नेतासहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान

सारांश

  • काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित महेन्द्र शालिक नजिक रहेको लिक्विड लन्च बारमा युवामाथि भएको आक्रमण घटनामा तरुण दलका केन्द्रीय सदस्यसहित आठ जना विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
  • लिक्विड क्लबमा ६ पुसको ३ः४५ बजेको समयमा बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टमाथि आक्रमण भएको थियो ।
  • आठ जनाको समूहले निर्घात कुटपिट गरेपछि भट्ट घाइते भएका थिए ।

१५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित महेन्द्र शालिक नजिक रहेको लिक्विड लन्च बारमा युवामाथि भएको आक्रमण घटनामा तरुण दलका केन्द्रीय सदस्यसहित आठ जना विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

लिक्विड क्लबमा ६ पुसको ३ः४५ बजेको समयमा बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टमाथि आक्रमण भएको थियो । आठ जनाको समूहले निर्घात कुटपिट गरेपछि भट्ट घाइते भएका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । आक्रमणमा घाइते भएका भट्ट गृहमन्त्री रमेश लेखकका नातेदार समेत रहेको खुलेको छ । घटना भएको केही समयमै आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र काभ्रेका अध्यक्ष सुजन तामाङसहित ८ जना पक्राउ परेका परेका थिए ।.

उनीहरुविरुद्ध प्रहरीले अहिले ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको छ । ‘कुटपिटबाट गम्भीर घाइते रहेको खुलेपछि ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएका छौं’ परिसर काठमाडौंका एक अधिकृतले भने, ‘त्यसमाथि उनीहरू मध्ये कतिपय पटके कसुरदार समेत देखिएको छ ।’ कुलध्वज र सुजनसहित पब्लिक युथ क्याम्पस धोबीचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपालचोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा अहिले हिरासतमा छन् ।

केन्द्रीय सदस्य कुलध्वजविरुद्ध पनि २०६९ सालमा ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त दरबारमार्गबाट मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७२ सालमा उनी चोरी मुद्दामा ११ महिना धुलिखेल कारागारमा बसेका थिए । त्यस्तै, तरुण दल काभ्रेका अध्यक्ष तामाङ यसअघि पनि ज्यान माने उद्योगमा ललितपुर प्रहरी परिसरबाट मुद्दा दर्र्ता भएका व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 
भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई
काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई