११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !

सारांश

  • प्रतिनिधि सभाको बैठक आइतबार दुई पटक सरिसक्यो ।
  • दिउँसो १ बजेका लागि राखिएको बैठक सवा ३ बजेलाई सर्‍यो ।
  • त्यो पनि बस्न सकेन र साँझ साढे ५ बजेका लागि सर्‍यो ।

२५ जेठ, काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आइतबार दुई पटक सरिसक्यो । दिउँसो १ बजेका लागि राखिएको बैठक सवा ३ बजेलाई सर्‍यो । त्यो पनि बस्न सकेन र साँझ साढे ५ बजेका लागि सर्‍यो । आइतबार मात्रै होइन, यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै छ । १३ गते दुई पटक सर्‍यो, बैठक बस्न सकेन । १४ गते दुई पटक सर्‍यो । १५ गते बजेट ल्याउन विपक्षी दलहरूले दिए । त्यसपछि बसेको २० गते निर्धारित समयमा बैठक बस्न सकेन र एक पटक सरेर २१ गतेलाई राखियो । २१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र आइतबार दुई पटक गरेर ११ औं पटकसम्म प्रतिनिधि सभाको बैठक सरेको सर्‍यौ छ ।

प्रतिनिधि सभाको बैठक किन सरिरहेको छ ?

संघीय संसद् सचिवालयले बैठक सरेको सूचना निकाल्दा त्यसको कारण दिने गर्दछ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक सरेको सूचना टाँस गर्छन् । जसमा सबै बैठक सर्नुको कारण एउटै छ– विशेष कारणले । पछिल्लो पटक जारी सूचनामा भनिएको छ, ‘ आज मिति २०८२ साल जेठ २५ गते आइतबार दिनको ३ः१५ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

महासचिव पद्मप्रसाद पाण्डेयले यस्तो सूचना निकाल्दै संसद् बैठक सार्दै आएको यही जेठ १३ गतेदेखि हो । प्रत्येक सूचनामा ‘विशेष कारणले’ बैठक सार्नुपरेको उल्लेख हुने गरेको छ । विशेष कारणले सर्ने बैठकमा जाने सांसदहरू दिनभर संसद भवन परिसरमा टहलिन्छन् र बेलुकी घर फर्किन्छन् । संसद् सचिवालयले जे जस्तो कारण भनेता पनि प्रतिनिधि सभाकोा बैठक प्रभावित हुनुको कारण हो– भिजिट भिसा प्रकरण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषय उजागर गरेसागै संसदमा प्रवेश पाएको हो । सुरुमा विपक्षी दलहरूले यो प्रकरणको छानबिनका लागि गृहमन्त्रीको राजीनामा नै मागे । त्यसमा सत्तापक्ष तयार नभएपछि विपक्षीले छानबिन समिति गठनको माग राखेका छन् । यसमा पनि सत्तापक्ष तयार नहुँदा प्रतिनिधि सभाको बैठक सौहार्द हुन सकिरहेको छैन । परिणाममा आगामी आर्थिक बर्षको बजेटमाथिको छलफल प्रभावित बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने