कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

सारांश

  •  नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ ।
  • गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
  • कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ ।

गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि बोलाइएको छ । कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्ति निकालेर जानकारी गराएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा ३० सांसदको समर्थन पाउँदैमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकि ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेसले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै १४ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्धाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनैपनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृ*त्यु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृ*त्यु
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल