सुर्खेतको काँक्रेविहार जंगलमा मृ*त भेटिए युवायुवती

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सुर्खेतको काँक्रेविहार जंगलमा मृ*त भेटिए युवायुवती

सारांश

  • सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् ।
  • वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११: ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् ।
  • जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

८ मंसिर, सुर्खेत ।

सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११: ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार उनीहरू जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकहरूको नाम, थर र ठेगाना सहितको पहिचान भने हालसम्म खुल्न सकेको छैन । मृतक युवक अन्दाजी २१ वर्ष र युवती २० वर्षको रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । पछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा खटाइएको डीएसपी बुढथापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
जेन–जी प्रदर्शन : घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन