आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

सारांश

  •   सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट  निर्वाचित कार्यसमितिले  एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप  समिति गठन गरेको छ ।
  • अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
  • शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

६ जेठ, काठमाडौं । 

सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट  निर्वाचित कार्यसमितिले  एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप  समिति गठन गरेको छ । अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले अपिल गरेको छ । महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई  आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न भनिएको छ । यसैगरी क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता गौतमले जनाए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषध चरेशसहित एक जना पक्राउ
लागूऔषध चरेशसहित एक जना पक्राउ
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष यादवको उम्मेदवारी
निर्माण व्यवसायी संघ धनुषाको कोषाध्यक्ष यादवको उम्मेदवारी
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
बक्यौता असुली गर्ने प्रयास नै बर्खास्तीको मुख्य कारण बन्यो , कुलमान घिसिङ
५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव
५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी