११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १६, २०८०
|
|
३० पटक हेरिएको
Shares
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा

सारांश

  • चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
  • तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ ।
  • आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो ।

१५ मंसिर, काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ ।आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो । यही ११ किलो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ । महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा विगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो । यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ । केशर तामाङ र माधव कुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको थियो ।

यसैगरी सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । पक्राउ परेकामध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएर काठमाडौंमा बेच्ने गरेको पाइएको थियो । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो । पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । त्यही अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएपछि सीआईबीले पनि अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
स्पेन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन
निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै