समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

सारांश

  • समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।
  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्।
  • आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो।

२४ मंसिर, काठमाडौं।

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो। सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ।

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ। आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ। सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ। उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्। यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
आज विश्वासको मत लिदै मधेशका मुख्यमन्त्री यादव
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै