Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
८२ पटक हेरिएको
Shares
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ ।
  • सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागु गर्ने निर्णय गरेका स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेका छन् ।
  • यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.

३ वैशाख, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ । सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागु गर्ने निर्णय गरेका स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी युनिक हेल्थ आइडी निर्माणको तयारी थालेका छन् । यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन् । समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जिकरण विभागका प्रतिनिधि छन् ।

यसैगरी सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि पनि समितिमा छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् । समितिलाई स्वास्थ्य पहिचान नम्बर श्रृजना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरि प्रस्ताव गर्न कार्यादेश दिइएको छ । यसैगरी राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ । मन्त्रालया प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिए पछि थप प्रक्रिया अघि बढ्नेछ ।

विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलग्गै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । यसले व्यक्तिका स्वास्थ्य सम्बन्धी सबै विवरण एकतृत हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्यांकका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ । समितिका सदस्य इञ्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागु हुन सके मद्द्त पुग्ने बताउँछन् ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
सातै प्रदेशमा पुग्यो एचपीभी खोप
सातै प्रदेशमा पुग्यो एचपीभी खोप
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल
सहकारीलाई तत्काल बन्द गर्नु हुँदैन, सुधारको संयन्त्र बनाउनुपर्छ : मन्त्री रावल