Press 4K
शुक्रबार, १५ श्रावण २०८३

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ४, २०८२
|
|
२० पटक हेरिएको
Shares
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

सारांश

  • नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी भएको दाबी गरेका छन् ।
  • निर्वाचन केन्द्रित विशेष जनसभा कार्यक्रममा बोल्दै उनले सहकारीको नाममा ग्रामीण क्षेत्रका आम नागरिक—विशेषगरी आमा, दिदीबहिनीहरूले साग, मकै, दाउरा बेचेर जम्मा गरेको पैसालाई ठगी गरिएको आरोप लगाउँदै त्यसका लागि रवि लामिछाने जिम्मेवार रहनुपर्ने बताए ।
  • उनले रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिँदै आगामी आन्दोलनको मुख्य एजेन्डा उनलाई बहिष्कार र प्रतिरोध गर्ने हुने बताए ।

 

४ माघ, काठमाडौं ।

नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको समाधान गर्ने पार्टी भएको दाबी गरेका छन् । निर्वाचन केन्द्रित विशेष जनसभा कार्यक्रममा बोल्दै उनले सहकारीको नाममा ग्रामीण क्षेत्रका आम नागरिक—विशेषगरी आमा, दिदीबहिनीहरूले साग, मकै, दाउरा बेचेर जम्मा गरेको पैसालाई ठगी गरिएको आरोप लगाउँदै त्यसका लागि रवि लामिछाने जिम्मेवार रहनुपर्ने बताए । उनले रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिँदै आगामी आन्दोलनको मुख्य एजेन्डा उनलाई बहिष्कार र प्रतिरोध गर्ने हुने बताए । साथै, उनले लामिछानेमाथि विभिन्न मुद्दा बोकेर हिँडेको आरोप समेत लगाए ।

उनले भने, ‘ग्रामीण जीवनको शोषण दमन, उत्पीडन र अर्थतन्त्रको समाधान गर्ने पार्टी नेकपा एमाले हो । आज त्यो सहकारी ठग ति साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने, ति हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय परिवर्तन गर्ने त्यो सहकारीलाई समाप्त गर्ने सहकारी ठग रवि लामिछाने हो । सहकारी ठग लामिछानेलाई बहिष्कार गर्ने हो, लखेट्ने हो । यसपालीको आन्दोलनको एजेण्डा त्यही हो। अनेक मुद्दाहरु बोकेर हिँडेको छ, चार पाँच वटा श्रीमती बोकेर हिँडेको छ, यस्तो पनि हुन्छ ?’ बस्नेतले गत भदौ २४ गते सिंहदरबारसहित राष्ट्रका धरोहर जलाउनेहरूको हिसाबकिताब र खोजीनिती हुने समेत बताए । उनले भने, ‘देश जलाउने लुसिफरहरु, दलालहरू हामीले चिनिसक्यौं, अब यसको हिसाबकिताब चुनावमार्फत हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...