परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

सारांश

  • परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आउनुभएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
  • त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
  • भेटमा मन्त्री डा राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

काठमाडौँ, २ जेठ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आउनुभएका भारतीय मन्त्री यादवबीच आज सो ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारीपत्रमा हस्ताक्षर भएको प्रसङ्ग उल्लेख गर्दै उहाँहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताउनुभयो ।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो । साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूबीच कुराकानी भएको थियो । सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते
सर्लाही जाँदै गरेको भ्यान त्रिभुवन राजपथमा दुर्घटना, १४ जना घाइते
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
महोत्तरीमा विद्यालय बस दुर्घटना, जना घाइते
महोत्तरीमा विद्यालय बस दुर्घटना, जना घाइते
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प