Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २०, २०८२
|
|
४० पटक हेरिएको
Shares
सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

सारांश

  • आइतबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले ८० किलो ९ सय ग्राम गाँजा सहितको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो।
  • सीमा सुरक्षा गुल्म मलंगवा बाट डिएसपी लिला बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपालिका–३ लक्ष्मीपुर क्षेत्रमा शंकास्पद गाडीलाई पछ्याएको थियो।
  • वीआर ३३ पीए ३७०१ नम्बरको उक्त भारतीय गाडी प्रहरी देख्नासाथ भाग्ने क्रममा बिजुलीको पोलमा ठोक्किएको र चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

सर्लाहीको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा सहित भारतीय गाडी बरामद गरेको छ। आइतबार बिहान करिब ३ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले ८० किलो ९ सय ग्राम गाँजा सहितको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो।

सीमा सुरक्षा गुल्म मलंगवा बाट डिएसपी लिला बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपालिका–३ लक्ष्मीपुर क्षेत्रमा शंकास्पद गाडीलाई पछ्याएको थियो। वीआर ३३ पीए ३७०१ नम्बरको उक्त भारतीय गाडी प्रहरी देख्नासाथ भाग्ने क्रममा बिजुलीको पोलमा ठोक्किएको र चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडीको विस्तृत जाँच गर्दा फल्स बटन बनाएर लुकाइ राखिएको अवस्थामा ८० किलो ९ सय ग्राम लागुऔषध गाँजा फेला परेको हो। बरामद गरिएको गाँजा र गाडीलाई नियन्त्रणमा लिएर सीमा सुरक्षा गुल्म मलंगवामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गाँजा सहितको गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बुझाउने तयारी रहेको सशस्त्र प्रहरीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा
एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत