४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
१८८ पटक हेरिएको
Shares
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

सारांश

  •   प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए।
  • भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो।
  • उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।

२८ पुस, दार्जिलिङ । 

प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो। आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध भए। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ। उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ।

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए। सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए। नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानी बताउँछन्। उनले ती दिन स्मरण गर्दै भने, ‘अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम गर्‍यौं। हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो। हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै : तीन दिनसम्म के हुन्छ ?
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै : तीन दिनसम्म के हुन्छ ?
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च