अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
१८ पटक हेरिएको
Shares
अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं

सारांश

  • मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।
  • यसअघि धरहरा सञ्चालनकाे जिम्मा काठमाडौं महानगरपालिकालाई थियो।
  • काठमाडौं महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो।

 

३० भदौ , सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ।Worldlink adsमन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो। यसअघि धरहरा सञ्चालनकाे जिम्मा काठमाडौं महानगरपालिकालाई थियो। काठमाडौं महानगरले साइडवार्कर्स नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो। मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला धरहराको स्तम्भ निर्माणगरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो। २०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणको लागि ठेक्का लगाएको थियो। जिआइटिसी रमन जेभीले करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा ठेक्का २०७५ असोज १४ गते पाएको थियो। अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ। धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ। परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउने तयारी  छ। तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। जहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ : ओली
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित
चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित