जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ।
  • निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्।
  • जिल्लामा विभिन्न नौं राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए ।

२४ फागुन,मुगु ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ। निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्। जिल्लामा विभिन्न नौं राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा बढी उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत जोगाउन असफल भएका छन् ।


देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्चा र प्रभाव देखिए पनि जुम्लामा भने त्यसको प्रभाव खासै देखिएन। रास्वपाबाट उम्मेदवार बनेकी विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरिन्। आवश्यक मत ल्याउन नसक्दा उनको पनि जमानत जफत भएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाही ले ७१ मत पाए। नेपाल जनता पार्टीका रनील विक्रम शाहीले ४३ मत मात्र प्राप्त गरे । यी सबै उम्मेदवारहरूले कानुनी रूपमा आवश्यक मत ल्याउन नसकेपछि जमानत जफत भएको हो । यसैगरी स्वतन्त्र उम्मेदवार भक्त बहादुर रावलले पनि न्यून मत प्राप्त गरेपछि उनको जमानत जफत भएको छ। निर्वाचन सम्बन्धी कानुनी व्यवस्थाअनुसार कुनैपनि उम्मेदवारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा निर्वाचन कार्यालयमा बुझाएको धरौटी रकम जफत हुने प्रावधान रहेको छ। जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार उक्त प्रावधानका कारण ६ उम्मेदवारले जमानत गुमाएका हुन्।


उता प्रतिनिधिसभा सदस्यतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पराजित गरेका हुन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृतहरिकृष्ण तिमिल्सिनाका अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जित हात पारेका छन् भने भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।निर्वाचनमा जिल्लाभर करिब ५७ प्रतिशत मत खसेको छ ।

प्रत्यक्षतर्फ ४० हजार ८९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो। Mजिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । चुनावी प्रतिस्पर्धा रोचक बने पनि अन्ततः मत परिणामले जुम्लामा राप्रपाको पकड बलियो रहेको देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी
वन कार्यालयले एक लाख जनालाई दियो रोजगारी