धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

सारांश

  • सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।
  • शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो ।
  • ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो ।

१६ वैशाख, विराटनगर ।

सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ । शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो ।

ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो । बसका मालिक हरेन्द्र चेम्जोङ हुन् । प्रहरी स्रोतका अनुसार विराटनगर-१२ मा राखिएको बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ । शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो ।

तर बस फेला परेको थिएन । मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ । पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
कैलाली कारागारमा कैदी मृ*त्यु प्रकरण : प्रहरीमाथि नै प्रश्न
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
बालेन शाहले झापा -५ मा गराए उम्मेदवारी दर्ता
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
तेलङ्गानामा कार तालमा खस्दा पाँच जनाको मृत्यु
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान