रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान

सारांश

  • अदालतको आदेशपछि शुक्रबार राति पक्राउ परेका रविलाई  शनिबार बिहान रुपन्देही ल्याइएको हो ।
  •   गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्धकसमेत रहेका सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले शुक्रबार साँझ थुनामा पठाउने आदेश दिएको थियो ।
  • अब उनलाई भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाइने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । अदालतको आदेशपछि शुक्रबार राति पक्राउ परेका रविलाई  शनिबार बिहान रुपन्देही ल्याइएको हो ।  गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्धकसमेत रहेका सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले शुक्रबार साँझ थुनामा पठाउने आदेश दिएको थियो ।

अब उनलाई भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाइने छ ।  शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने रुपन्देही प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले  जानकारी दिए ।  आज र भोलि सार्वजनिक बिदा छ’ एसपी राठौरले भने, ‘जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलानको प्रक्रिया अघि बढ्छ । त्यसैले आज र भोलि उहाँ प्रहरी हिरासतमा रहनुहुन्छ ।’लामिछानेलाई शुक्रबार राति नै प्रहरीले निवासबाट पक्राउ गरेको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको भन्दै लामिछाने साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए । सरकारी वकिलको कार्यालय समेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । अदालतले जिल्ला आदेशको आदेश सदर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस।
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस।
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
श्रमका सह-सचिवविरुद्ध अख्तियारमा उजुरी
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध
शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध