विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता

सारांश

  • गत वैशाखदेखि साउनको अन्तिम सातासम्म मुलुकभर विभिन्न प्रकारका विपत्का घटनामा परी कम्तीमा १२२ जनाको ज्यान गएको छ भने २२ जना अझै बेपत्ता छन् ।
  • सो अवधिमा ५ सय ७९ जना घाइते भएका छन् भने करिब पाँच हजार परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
  • राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि साउन २९ सम्म मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, आगलागी, हावाहुरी र अन्य घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।

३० साउन, काठमाडौं।

गत वैशाखदेखि साउनको अन्तिम सातासम्म मुलुकभर विभिन्न प्रकारका विपत्का घटनामा परी कम्तीमा १२२ जनाको ज्यान गएको छ भने २२ जना अझै बेपत्ता छन् । सो अवधिमा ५ सय ७९ जना घाइते भएका छन् भने करिब पाँच हजार परिवार प्रत्यक्ष प्रभावित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि साउन २९ सम्म मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, आगलागी, हावाहुरी र अन्य घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।चार महिनाको अवधिमा मात्र देशभर २१२ वटा बाढीका घटना दर्ता भएका छन् । बाढीका कारण १ हजार ३ सय १७ परिवार विस्थापित वा प्रत्यक्ष प्रभावित भएका छन् । बाढीपछि धेरै स्थानमा उद्धार र राहत कार्य भए पनि अझै कतिपय बेपत्ताको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

सोही अवधिमा गएको २ सय ७ वटा पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घटना पहाडी तथा हिमाली भू–भागमा भारी वर्षाको कारणबाट गएको पहिरोबाट ३ सय ६९ परिवार प्रभावित भएका छन् ।चार महिनामा २ सय २ वटा भारी वर्षाका घटना भएका छन् । यी घटनामा ४ जनाको मृत्यु र १ सय ६९ जना घाइते भएका छन् भने ६४९ परिवार यसबाट प्रभावित भएका छन् । लगातारको वर्षाले केही स्थानमा घर तथा भौतिक संरचना क्षति पुगेको छ । चट्याङका २ सय ४५ वटा घटनामा २८ जनाको मृत्यु र १ सय ६९ जना घाइते भएका छन् । चट्याङले २ सय ८७ परिवारलाई असर पु¥याएको छ । वर्षायाममा खुला स्थानमा खेतबारी गर्ने, गोठालो लग्ने वा बस्ती नजिकैको विद्युतीय पोलमा चट्याङको प्रभाव पर्ने कारण क्षति भएको बताइन्छ ।

यो अवधिमा १ हजार ९१ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण १५ जनाको मृत्यु, १ सय ५१ जना घाइते र १ हजार २ सय ४ परिवार प्रभावित भएका छन् । अधिकांश आगलागी सुक्खा मौसममा देखिए पनि विद्युत् सर्ट र असावधानीका कारण वर्षायाममै पनि घटना घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । चार महिनामा चलेका हावाहुरीका घटनामा ८ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । ५ सय ३४ परिवार प्रभावित भएका यी घटनाले कतिपय स्थानमा घर टहरा, बिजुलीका पोल र खेतीबालीमा क्षति पु¥याएको छ । बाढी, पहिरो, वर्षा, चट्याङ, आगलागी र हावाहुरीबाहेकका अन्य विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ ।

यी घटनामा परेर सयौं परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार गत चार महिनामा विभिन्न विपत्का घटनाले ४ हजार ८ सय ६१ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । धेरै प्रभावितहरू अस्थायी आवासमा बस्न बाध्य छन् भने केही परिवार अझै उद्धार र राहतको पर्खाइमा छन् । विशेषज्ञहरूले विपद् व्यवस्थापनमा दीर्घकालीन योजना र पूर्वतयारीको कमी देखिँदै आएको बताएका छन् । समयमै पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, जनस्तरमा सचेतना, सुरक्षित बसोबास र संरचना निर्माणमा कडाइ नगरेसम्म वर्षेनी दोहोरिने जनधनको क्षति रोक्न कठिन हुने उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गर्न मन्त्री पाण्डेको निर्देशन
ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु
ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण