जनमत-नाउपा एकता वार्ता बर्दियामा जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
५० पटक हेरिएको
Shares
जनमत-नाउपा एकता वार्ता बर्दियामा जारी

सारांश

  • जनमत र नागरिक उन्मुक्तिको पार्टी एकीकरणमा सहमति जुटाउन दुई दलको बैठक बर्दियामा बसिरहेको छ ।
  • आइतबार जारी बैठकले एकताको सहमति गर्ने दुई दलका नेताहरुले जानकारी गराएका छन् ।
  • दुई दलका कार्यदले बनाएको खाकाको आधारमा जनमतका अध्यक्ष डा.

२४ चैत, काठमाडौं ।

जनमत र नागरिक उन्मुक्तिको पार्टी एकीकरणमा सहमति जुटाउन दुई दलको बैठक बर्दियामा बसिरहेको छ ।आइतबार जारी बैठकले एकताको सहमति गर्ने दुई दलका नेताहरुले जानकारी गराएका छन् । दुई दलका कार्यदले बनाएको खाकाको आधारमा जनमतका अध्यक्ष डा. सीके राउत, नाउपाका संरक्षक रेशम चौधरीले एकताको टुंगो लगाउने भएका छन् ।

नाउपाले तय गरेको स्थानमा बैठक बस्ने गरी जनमतका नेताहरु बर्दिया पुगेका हुन् । कार्यदलको बैठक जारी रहेको जनमतका प्रवक्ता एवं कार्यदलका सदस्य डा. शरदसिंह यादवले जानकारी गराए । एकतापछिको पार्टी अध्यक्ष डा. राउत, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी हुनेगरी एउटा विकल्पमा छलफल भएको छ । साथै, दुई अध्यक्ष प्रणाली रहने गरी पनि विकल्पमा छलफल भएको दुई दलका नेताहरुले जानकारी गराएका छन् । दुई अध्यक्ष प्रणालीमा पहिलो बरियतामा कार्यकारी अधिकार सहित राउत हुने र दोस्रो वरियतामा श्रेष्ठ हुने गरी छलफल भएको छ । श्रेष्ठ हाल नाउपा अध्यक्ष छन् भने चौधरी उक्त दलको संरक्षक छिन् ।

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र चुनाव चिह्न ‘ढकिया’ राख्नेगरी नेताहरु सहमतिउन्मुख छन् । नाउपाको चुनाव चिह्न ढकिया राख्न जनमत सहमत भएको छ । एकताका लागि जनमतबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल बनाइएको छ भने नाउपाले गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल गठन गरेको छ । कार्यदलको आज बसिरहेको बैठक दोस्रोपटक हो । जनमतका अध्यक्ष राउत र नाउपा संरक्षक चौधरीले सहमतिका अधिकांश विषय टुंगो लगाइसकेको नेताहरुको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, २ जना घाइते
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तहरू आन्दोलित
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ