असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

सारांश

  • चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ।
  • वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो।
  • निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ।

९ असार, चितवन ।

चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ। वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो। निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ। वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्दछ। वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष असार १६ गतेदेखि बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनःसञ्चालनमा आएको थियो। उनका अनुसार वर्षाले बिगारेको सडक मर्मत सम्भार गरेर जिप सफारी खुला गरिन्छ। निकुञ्जभित्र सफारी बन्द भए पनि मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने उनले बताए। निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने उहाँले जानकारी दिए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार विश्वभरका यस्ता निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ। त्यसका कारण निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनले जानकारी दिए। वर्षायाममा बाढी आउने र खोला खोल्सा बढ्ने, रुख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाँडी बढेर जङ्गली जनावरसमेत नदेखिने उनको भनाइ छ।
निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसाराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र चल्ने गर्दछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य, निशमको विस्फोटक ब्याटिङ
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर