सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
५८ पटक हेरिएको
Shares
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता

सारांश

  • काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।
  • शुक्रबार काठमाडौँ प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
  • सम्झौताबमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ ।

२२ कात्तिक,  काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौँ प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटीटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्ट्रानेट उपलब्ध गराउनेछ । यससँगै नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि सेवा उपलब्ध गराउनेछ । सीसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ ।

महानगरपालिकाले सेवा विस्तार गर्न चाहेमा टेलिकमले त्यसका लागि आवश्यक अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेछ । सम्झौता अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा आउने विश्वाश व्यक्त गरे । टेलिकमसँग यसअघि नै अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सीसीटिभीका दृश्यहरु प्राप्त गर्न सक्ने अवस्था रहेको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।

सीसीटिभी क्यामराले कैद गरेका दृश्यहरु महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पु¥याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यस अघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटिभी जोड्न सकिनेछ । यसरी प्रणालीबाट निगरानी कक्षमा प्राप्त दृश्यहरुको गोपनीयता महानगरपालिकाले कायम राख्नेछ । काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध
काठमाडौं महानगर छात्रवृत्तिसहित शैक्षिक विकासमा प्रतिबद्ध