Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
४८ पटक हेरिएको
Shares
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सारांश

  • जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
  • मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो ।
  • प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘‍…चीनको तिब्ब क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (वन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा सतर्कता अपनाउन यो सूचना प्रकाशित गरिएको छ ।

२४ असार, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘‍…चीनको तिब्ब क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (वन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा सतर्कता अपनाउन यो सूचना प्रकाशित गरिएको छ ।’

मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । बाढीले रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् । नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।बाढीले निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
रास्वपा केन्द्रीय समिति बैठक सुरु
रास्वपा केन्द्रीय समिति बैठक सुरु
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर
कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग