नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २०, २०८३
|
|
३४३ पटक हेरिएको
Shares
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग

सारांश

  • नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
  •  आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो।
  • यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरे।

२० जेठ, काठमाडौँ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ । आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो। यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरे।

यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो। तर, पछिल्लो समय बढ्दो मूल्य वृद्धि र अन्य प्राविधिक कारणले लागत बढ्न गई बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको हो। यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ। सन् २०१९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग यसै वर्षदेखि सञ्चालनमा आउने तयारीमा छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रको सवारी आवागमन निकै सहज हुने र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
सुनको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्यमा नयाँ रेकर्ड
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग