भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद

सारांश

  • परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।
  • सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् ।
  • ‘सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ ।

१५ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।

सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् । ‘सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको छ’, उनले भने । भारतका परराष्ट्रमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले सीमा समस्या वार्ता र छलफलको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको पनि परराष्ट्रमन्त्री साउदले बताए । मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले जलविद्युत उत्पादन गरी भारत र बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
बालेन र हर्कले ल्याउन सकेनन् बजेट, २२ नगरपालिका पनि उस्तै
रौतहटको मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृ*त्यु
रौतहटको मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृ*त्यु
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना : मन्त्री घिसिङ
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाइयोस्- सांसद खतिवडा
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...