विभिन्न कार्यक्रमका साथ सामाजिक सुरक्षा दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ११, २०८१
|
|
३० पटक हेरिएको
Shares
विभिन्न कार्यक्रमका साथ सामाजिक सुरक्षा दिवस मनाइँदै

सारांश

  • आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
  • दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ ।
  • यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम हुँदैछ ।

११ मंसिर, काठमाडौं ।

आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम हुँदैछ । यी दुवै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन् । उनले सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितता भएको दाबीसमेत गरेका छन् । ‘मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन ।

यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार दिन थाल्यो,’ सन्देशमा उल्लेख छ । सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने
सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ
नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
सिरहाको गोल बजारमा ६ सिलिण्डर विष्फोट, होटल पुर्णरूपले ध्वस्त। 
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने
आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने