आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
३३ पटक हेरिएको
Shares
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?

सारांश

  •   नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
  • बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो  ।
  •  जसअनुसार  पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटेको छ ।

३२ साउन, काठमाडौँ ।  नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो  । जसअनुसार  पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटेको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु  एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।  पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा दलितमाथि ज्यादती : एसपी पनि हेडक्वाटर तानिए
सिरहामा दलितमाथि ज्यादती : एसपी पनि हेडक्वाटर तानिए
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु
हरिवनमा सर्पले डसेर एक युवकको मृत्यु
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
एकीकृत समाजवादीले आज सांगठनिक संरचना फेरबदल गर्ने
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
माओवादीको १० वर्षे हिंसाको राजनीतिको नेपालमा काम गर्ने वातावरण बनेन् : शंकर पोखरेल
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता