एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली

सारांश

  • नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले जरिवाना गरेको पत्र बुझ्न अस्वीकार गरेको छ ।
  • महानगरको टोलीले नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेर पत्र बुझाउन खोजे पनि एमालेले पत्र नबुझेको हो ।
  • एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

 

९ मंसिर, काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले जरिवाना गरेको पत्र बुझ्न अस्वीकार गरेको छ । महानगरको टोलीले नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेर पत्र बुझाउन खोजे पनि एमालेले पत्र नबुझेको हो ।

एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताएका छन् ।शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभाका क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?