Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको तियानजिन शहर आइपुगेका छन्।
  • मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
  • प्रधानमन्त्रीलाई स्वागत गर्न चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा.

१४ भदौ, काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको तियानजिन शहर आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।

प्रधानमन्त्रीलाई स्वागत गर्न चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपालका राजदूत चेन सोङलगायत उपस्थित थिए। प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा औपचारिक सम्बोधन गर्ने कार्यक्रम छ। त्यसक्रममा उनले सदस्य तथा संवाद साझेदार मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सबैभन्दा महत्वपूर्ण भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आजै हुने कार्यक्रम तय भएको छ। सो भेटमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद