विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
३० पटक हेरिएको
Shares
विश्वकै पहिलो कृषि गेम रियालिटी शो आजदेखि

सारांश

  •   विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आजदेखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ।
  • यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले कार्यक्रमलाई अत्यन्त रुचाएका थिए।
  • शोमा प्रस्तुत नवीन अवधारणा र प्रस्तुतिलाई प्रशंसा गरिएको थियो।

३० असोज, काठमाडौं । 

विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आजदेखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले कार्यक्रमलाई अत्यन्त रुचाएका थिए। शोमा प्रस्तुत नवीन अवधारणा र प्रस्तुतिलाई प्रशंसा गरिएको थियो। कार्यक्रमको ‘महाहोस्ट’ को रूपमा महानायक राजेश हमाल रहेका छन् भने शोको परिकल्पना, निर्माण तथा निर्देशन शैलेश कँडेल क्षेत्रीले गरेका हुन्।

निर्देशक कँडेलका अनुसार शोको मूल उद्देश्य कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्‍याउने हो। त्यस्तै महाहोस्ट हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवाहरूलाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।उनका अनुसार यो कार्यक्रमले दर्शकहरूलाई कृषि कर्मको महत्त्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै मनोरञ्जन र प्रेरणा दुवै प्रदान गर्नेछ। कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिनेछ। शोका निर्माताहरूका अनुसार ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानल मार्फत प्रसारण हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो : डा.वाग्ले
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
अब अबुधाबीबाट पनि श्रम स्वीकृति लिन पाइने
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
बजेट अभावले पुल निर्माणको काम प्रभावित
बजेट अभावले पुल निर्माणको काम प्रभावित