होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
होली पर्वलाई लक्षित गरी सप्तरीमा ५ सय २३ प्रहरी परिचालन

सारांश

  • यसका लागि रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी परिचालन गरिने एसपी ढकेन्द्र खतिवडाले बताए ।
  • ‘११ प्रकारका ड्युटीमा ५ सय २३ प्रहरी परिचालन हुनेछन्,’ उनले भने ।
  • राजविराजमा भने सुरक्षा निगरानीका लागि ड्रोनको समेत प्रयोग गरिनेछ ।

 

२७ फागुन,  राजविराज — सप्तरी प्रहरीले होली पर्वलाई लक्षित गरी मंगलबार सुरक्षा योजना सार्वजनिक गरेको छ । यसका लागि रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी परिचालन गरिने एसपी ढकेन्द्र खतिवडाले बताए । ‘११ प्रकारका ड्युटीमा ५ सय २३ प्रहरी परिचालन हुनेछन्,’ उनले भने ।

राजविराजमा भने सुरक्षा निगरानीका लागि ड्रोनको समेत प्रयोग गरिनेछ । सिमानाकाका प्रहरी इकाइहरुले भारतीय प्रहरीसँग समन्वय गरी गैरकानुनी गतिविधि नियन्त्रण र रोकथाम गर्ने, जबरजस्ती रंग दल्ने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने एसपी खतिवडाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?